+
+
Shares

जेनजी प्रदर्शनमा माओवादीका कुन-कुन नेताका घरमा भयो आगजनी र लुटपाट ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १४:१९
जेनजी प्रदर्शनका क्रममा आगजनी र लुटपाट भएको खुमलटारस्थित प्रचण्ड निवास।

२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी युवाको प्रदर्शनको क्रममा आफ्नो पार्टीका नेताहरुको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ ।

आफ्ना नेताहरुका घर निशानामा पर्नुमा घुसपैठियाको हात रहेको माओवादी केन्द्रको आशंका छ ।

जेनजी युवाको प्रदर्शनको काठमाडौंको कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला पार्टी कार्यालयहरुमा पनि तोडफोड र आगजनी भएको थियो ।

माओवादी केन्द्रले अहिलेसम्म संकलित पार्टीका नेताहरूको घर क्षतिको विवरण सार्वजनिक गरेको छ ।

हेर्नुहोस् माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण :

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।

८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।

९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।

२०. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?