News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई ६ विकेटले हराएर विजयी सुरुवात गरेको छ।
- श्रीलंकाले १४१ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ।
- भारत र पाकिस्तानबीचको समूह बी को खेल आज हुने छ।
२९ भदौ, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा शनिबार राति श्रीलंकाले बंगलादेशलाई ६ विकेटले हराएको हो ।
बंगलादेशले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले १४.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर पथुम निसान्काले ५० तथा कमिल मिशाराले अविजित ४६ रन बनाए ।
बंगलादेशका लागि मेहदी हसनले २ विकेट लिँदा मुस्तफिजुर रहमान र तन्जिम हसन साकिबले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
५३ रनमै ५ विकेट गुमाएको बंगलादेशका लागि जाकेर अली र समीम होसेनले अविजित ८९ रनको साझेदारी गरे तर योगफल भने बलियो हुन सकेन ।
होसेन ४२ र जाकेर ४१ रनमा अविजित रहे । श्रीलंकाका वानिन्दु हसरंगाले २ तथा नुवान थुसारा र दुश्मान्था चमीराले १-१ विकेट लिए ।
जितपछि समूह ए मा १ खेलमा २ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ भने समान अंक भएपनि बंगलादेश नेटरनरेटका आधारमा तेस्रोमा छ ।
आज समूह बी को बहुप्रतिक्षित खेलमा भारत र पाकिस्तान भिड्दै छन् ।
प्रतिक्रिया 4