News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा ह्याम्बर्गमाथि ५-० को फराकिलो जित हासिल गरेको छ ।
- ह्यारी केनले दुई गोल गर्दा बायर्नले लगातार तेस्रो जितसहित शीर्ष स्थानमा कब्जा जमाएको छ ।
- बोरुसिया डर्टमण्डले एफसी हेइडेनहेइमलाई २-० ले पराजित गर्दै दोस्रो स्थानमा रहेको छ ।
२९ भदौ, काठमाडौं । ह्यारी केनले दुई गोल गर्दा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा ह्याम्बर्गमाथि ५-० को फराकिलो जित हासिल गरेको छ ।
लगातार तेस्रो जितपछि बायर्नले शतप्रतिशत जित यात्रा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । तीन खेलबाट बायर्नको ९ अंक भएको छ ।
घरेलु मैदानमा सर्ज जीनाब्रीले तेस्रो मिनेटमै गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । अलेकजान्डर पाभ्लोभिकले नवौँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि ह्यारी केनेः २६औं मिनेटमा पहिलो गोल गरे । लुइस डियाजले २९औं मिनेटमा गोल गर्दा बायर्नले सुरुको आभा घण्टामा ४-० को अग्रता बनायो ।
ह्यारी केनले ६२औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
अर्को खेलमा बोरुसिया डर्टमण्डले एफसी हेइडेनहेइमलाई २-० ले पराजित गरेको छ । डर्टमण्ड तीन खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4