+
+
Shares

पाल टाँगेर सर्वोच्चमा सुरु भयो काम

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १४:१८

२९ भदौ, काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ ।

यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थालिने जनाएको थियो ।

सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम थालेको हो ।

इजलास शुरु भएको ६ दिनपछि अड्डाअदालतहरूमा दशैंबिदा शुरु हुनेछ । दशैंका बेलामा १५ दिन अदालतमा विदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरु संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अन्नपूर्ण न्यूरो अस्पताल अगाडीपट्टि बनिरहेको भवनमा समेत इजलास सञ्चालनको सम्भावनावारे अध्ययन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?