+

एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु गरिने

२०८२ भदौ  २९ गते १६:३६ २०८२ भदौ २९ गते १६:३६
एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु गरिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट महिला भलिबल लिग रोकिएको अवस्थाबाट पुनः सुरु हुने भएको छ।
  • नयाँ मिति चाँडै घोषणा गरिने आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ।
  • लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् र बाँकी ७ खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकसँग छलफलपछि तय गरिने बताइएको छ।

२९ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग रोकिएको अवस्थाबाट फेरि सुरु हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले विज्ञप्ति जारी गर्दै प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको हो ।

लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ७ खेलको नयाँ मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने बताइएको छ। आयोजकले खेल पुनः सुरु गर्दा सुरक्षा र उपयुक्ततालाई प्राथमिकता दिने जनाएको छ।

‘सहभागी सबै स्वदेशी र विदेशी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई सुरक्षित रूपमा घर पठाइएको छ’ सीइओ स्नेभी चापागाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सञ्चारकर्मी, टिम मालिक, प्रशिक्षक, प्रसारण टोली र व्यवस्थापनलाई संकटका बेला देखाएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै लिग चाँडै अझ बलियो रूपमा फर्किने विश्वास लिएको आयोजकले  जनाएको छ ।

हाल अंकतालिकामा ललितपुर क्‍वीन्स र कर्णाली यशविस ३ खेलमा ९ अंक जोडेर क्रमश: पहिलो र दोस्रो स्थानमा छन् ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय