+
+
Shares

आजदेखि खुलेका फिल्म हलको देशब्यापी अकुपेन्सी १५ प्रतिशत

यो खुसीको कुरा हो : चलचित्र संघ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १२:४१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि बन्द भएका फिल्म हल सोमबारदेखि पुनः संचालनमा आएका छन्।
  • क्यूएफएक्स बिराटनगर र आइएनआई ल्होत्से भने क्षतिग्रस्त भएर अझै खुलेका छैनन्।
  • चलचित्र संघले हलको देशब्यापी अकुपेन्सी १५ प्रतिशत रहेको र सुरक्षा सर्तसहित १० बजे हल बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौं । जेनजी आन्दोलनले बन्द भएका फिल्म हल सोमबारदेखि पुनः संचालनमा आउन थालेका छन् । तोडफोड र आगजनीले क्षतिग्रस्त क्यूएफएक्सको बिराटनगर र आइएनआईको ल्होत्से भने खुलेका छैनन् ।

ल्होत्से बुधबारदेखि खुल्ने जनाइएको छ । क्षति पुगेका भक्तपुरको क्यूएफएक्स र बुटवलका हल भने खुलेका छन् ।

हल खुलेसँगै रिमै, द कन्जुरिङ, बागी ४, कोशेढुंगा, गुन्युचोलो, परम सुन्दरी र मोहरको प्रदर्शन सुचारु भएको छ । हल बन्द हुँदा यी फिल्म प्रदर्शनरत थिए ।

चलचित्र संघले हल खुलेपनि दर्शकको संख्या न्यून रहेको जनाएको छ । प्रवक्ता तथा महासचिव सुरेन्द्र थापाका अनुसार सोमबार फिल्म हलको देशब्यापी अकुपेन्सी १५ प्रतिशत छ ।

‘यो संवेदनशिल परिस्थितीमा यत्तिको संख्यामा दर्शक आउनु पनि खुसीको कुरा हो । यसले माहोल बनाउन र फिल्मलाई लयमा फर्काउन भूमिका खेल्छ’ प्रवक्ता थापाले भने ।

चलचित्र संघको निर्णयअनुसार हलहरू सोमबारदेखि खुलेका हुन् । संघले १० बजे हल बन्द गर्ने गरि सुरक्षा सर्तसहित हल खुलाएको हो । स्थानीय सुरक्षा निकायको समन्वयमा हल खुलाइएको हो ।

‘क्रमशः जनजीवन लयमा फर्किएसँगै लेट-नाइट शोहरू पनि खुल्छन्’ थापाले भने, ‘यो कुरा परिस्थिती र रिलिज हुने फिल्ममा पनि निर्भर हुन्छ ।’ सोमबार अधिकांश हलले अन्तिम शो ६ देखि ७ बजेबीचमा राखेका छन् ।

जेनजी आन्दोलनको क्रममा हलमा आगजानी र तोडफोड हुँदा १७ करोड रुपैयाँको क्षति पुगेको चलचित्र संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?