
News Summary
Generated by OK AI. Editorially reviewed.- असोज महिनाका लागि २० वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.११३५ प्रतिशत विन्दुले घटाएको छ।
- भदौको ५.५७७ प्रतिशतको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.४६३५ प्रतिशतमा कायम भएको छ।
- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएपछि बैंकहरूले साउन, भदौ र असोजमा ब्याजदर घटाएका छन्।
३१ भदौ, काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो ।
भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको छ ।
भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोज महिनाको लागि यो ५.४६३५ प्रतिशतमा कायम भएको छ ।
भदौको तुलनामा असोजमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ ।
ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी, सिटिजन्स छन् ।
सात बैंकले स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन र इन्भेस्टमेन्ट मेगा छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य बढाएका छन् ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दवाव दिएपछि साउन र भदौमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
कर्जा प्रवाहमा सुस्तता कायम रहँदा बैंकहरुको ब्याजदर घटिरहेको छ ।
प्रतिक्रिया 4