+
+
Shares

सेभ द चिल्ड्रेन भन्छ-जेनजी आन्दोलनपछि बालअधिकारको गम्भीर उल्लंघन भएको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको अध्ययनले जेनजी आन्दोलनपछि बालअधिकारको गम्भीर उल्लंघन भएको देखाएको छ।

३१ भदौ, काठमाडौं । सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजेडओपी) ले गरेको संयुक्त अध्ययनले जेनजी आन्दोलनपछि बालअधिकारको गम्भीर उल्लंघन भएको देखाएको छ ।

आन्दोलनपश्चात बालअधिकारको क्षेत्रमा काम गर्ने १२ वटा संस्थासँग मिलेर गरिएको उक्त अध्ययनले बालबालिका तथा युवामा मानसिक आघात तथा विश्वास अभाव भएको देखिएको हो ।

अध्ययनका अनुसार सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु भएको, घाइते भएका, मनपरी रूपमा पक्राउ गरिएको र उनीहरूमा गहिरो मानसिक आघात परेको देखिएको हो ।

प्रतिवेदनले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानुनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ। अध्ययन प्रतिवेदनले विशेषगरी प्रहरी र बालबालिका तथा युवाहरूबीच गहिरो अविश्वास भएको तथ्यहरू प्रस्तुत गरेको छ । आगामी दिनमा बालअधिकार उल्लंघन रोक्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणको आवश्यकता रहेकोमा जोड दिएको छ ।

हाल उक्त प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा बुझाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?