News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपियन च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्स र बोरुसिया डर्टमुन्डबीच ४-४ गोलको रोमाञ्चक बराबरी भएको छ।
- खेलको पहिलो हाफ गोलरहित रहँदा सबै ८ गोल दोस्रो हाफमा भएका थिए।
- इन्जुरी समयमा भ्लाहोभिक र केलीले गोल गर्दै युभेन्ट्सले खेलमा बराबरी गर्यो।
१ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्स र जर्मन क्लब बोरुसिया डर्टमुन्डले रोमाञ्चक बराबरी खेलेका छन् ।
युभेन्ट्सको घरेलु मैदान अलियान्ज स्टेडियममा भएको खेल ४-४ गोलको बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै ८ गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ५२औं मिनेटमा करिम अदेमीले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । ६३औं मिनेटमा केनान यिल्दिजले गोल गर्दे युभेन्ट्सलाई खेलमा फर्काए ।
लगत्तै २ मिनेटपछि ६५औं मिनेटमा डर्टमुन्डका फेलिक्स मेचाले गोल गरे भने फेरि त्यसको २ मिनेटपछि ६७औं मिनेटमा दुसान भ्लाहोभिकले गोल गरेपछि खेल २-२ को बराबरीमा आयो ।
७४औं मिनेटमा डर्टमुन्डका यान काउटोले गोल गरे भने ८६औं मिनेटमा रामी बेन्सेबानीले गोल गरेपछि डर्टमुन्ड ४-२ को अग्रतामा थियो ।
इन्जुरी समयको चौथो मिनेटमा भ्लाहोभिकले दोस्रो गोल गरे भने छैटौं मिनेटमा लोयड केलीले गोल गरेपछि युभेन्ट्सले खेलमा बराबरी गर्यो ।
प्रतिक्रिया 4