
१ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा एवं वास्तु दिवस आज देशैभर मनाइएको छ ।
आजको दिन सवारी साधन सजाउने, पूजा गर्ने, सफाइ गर्ने गरिन्छ । विभिन्न मन्दिरमै पुगेर सवारी धनीहरुले सवारी साधनको पूजा गर्ने गर्छन् ।
काठमाडौंको भद्रकाली मन्दिरमा आज बिहानैदेखि सवारी साधन पूजा गर्नेहरुको भिड लागेको छ ।
आजका दिन कालीगढहरुले विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन पनि छ ।
कलकारखाना सरसफाइ गर्ने, विशेष रूपमा सजाउने र मजदुरलाई समेत सहभागी गराएर पूजा गरी यो दिवस मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4