+
+
Shares

पुराना दलहरू पुनर्संरचना हुन्छ जस्तो लाग्दैन : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १२:२७

१ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उनको भनाइ थियो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भुमिका खेल्नुपर्ने बताए ।

‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ,’ भट्टराईले भने ।

पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनर्संरचना गर्नेमा आशंका रहेको उनको भनाइ थियो ।

पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूकै उकुसमुकुस रहेको उनको भनाइ थियो ।

‘पुराना दलहरु कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरूको पुनर्संरचना हुन्छ जस्तो मलाइ लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो । त्यहाँका नेताहरूको जुन उकुसमुकुस छ । मेरो अनुमान आगामी दिनमा एउटा बृहत खालको राजनीतिक पुन: संरचना हुन्छ,’ उनले भने ।

आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुन: संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख उनले गरे ।

‘जेन जी भन्ने २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुन: संरचना सम्भव छ । कहिले कहीँ भुँईको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले शतर्क गराउँदै आएको पनि छु,’ उनले भने ।

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?