+

एन्फालाई एएफसीको १० हजार डलर जरिवाना

२०८२ असोज  १ गते १७:४५ २०८२ असोज १ गते १७:४५
एन्फालाई एएफसीको १० हजार डलर जरिवाना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी फुटसल एसियन कप छनोटमा सहभागी नभएपछि एएफसीले अखिल नेपाल फुटबल संघलाई १० हजार अमेरिकी डलर जरिवाना लगाएको छ ।
  • एएफसीको अनुशासन र आचारसंहिता कमिटीले अगस्ट २१ मा बसेको बैठकमा नेपाललाई जरिवाना गर्ने निर्णय गरेको हो ।
  • एएफसीले कारावहीबारे सूचना दिएको ३० दिनभित्र एन्फाले जरिवाना बुझाउनु पर्नेछ ।

१ असोज, काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा सहभागी नभएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्दै जरिवाना लगाउने निर्णय गरेको हो । उक्त कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार डलर जरिवाना लगाउने निर्णय गरेको हो । बुधबारको रेट अनुसार १० हजार अमेरिकी डलरको नेपाल रुकम १४ लाख ११ हजार ९ सय रुपैयाँ हुनेछ ।

नेपालले एएफसी फुटसल एसियन कप २०२६ को छनोटमा नाम दर्ता गरपनि पछि नाम फिर्ता लिएको थियो । जसले गर्दा नेपालले उक्त छनोटमा सहभागिता जनाएन । एन्फाले १०६ दिन अघि छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको एएफसीले जनाएको छ ।

फुटसल एसियन कप छनोट यही सेप्टेम्बर २० देखि २४ सम्म विभिन्न राष्ट्रमा सञ्चालन हुँदैछ । जुन २६ मा भएको छनोटको ड्र कै बेला नेपालको नाम सहभागिको सूचीमा थिएन ।

एएफसीले एन्फालाई जरिवाना गरेको र कारवाहीको पत्र पनि प्राप्त भएको एन्फा स्रोतले पुष्टि गरेको छ ।

एएफसीले कारवाहीबारे सूचना दिएको ३० दिनभित्र एन्फाले जरिवाना रकम बुझाउनुपर्नेछ ।

यस्तै कारवाही अनुसार अब नेपालले अर्को संस्करणको फुटसल एसियन कप छनोटमा पनि भाग लिन पाउने छैन । एएफसीले कारावही स्वरुप नेपाललाई ‘डिस्कवालिफाइड’ गरेको जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय