+
+
Shares

नेपाल ल्युब आयलको २१ प्रतिशत लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ल्युब आयलले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले असोज ३१ गते साधारणसभा बोलाएको र असोज १२ देखि ३१ गतेसम्म बुक क्लोज मिति तय गरेको छ।
  • हाल कम्पनीको सेयर मूल्य २९३ रुपैयाँ छ र बजार मूल्य नेटवर्थभन्दा कम भएकाले कारोबार सितिमिति हुँदैन ।

२ असोज, काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत (७ लाख ६६ हजार रुपैयाँ) नगद लाभांश छुट्याइएको छ । कुल २१.०५ प्रतिशत लाभांश कम्पनीले दिनेछ ।

साथै कम्पनीले बुक क्लोज र साधारणसभाको मिति समेत तय गरेको छ । असोज ३१ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोजको मिति तय भएको छ ।

हाल यस कम्पनीको सेयर मूल्य २९३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थभन्दा बजार मूल्य कम भएकाले बिक्री गर्नेहरू छैनन् । जसले गर्दा बजारमा यस कम्पनीको कारोबार सितिमिति हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?