
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार बिहीबार ६ प्रतिशत अर्थात् १६० अंक घटेर पाँच मिनेट मात्र कारोबार भयो।
- पाँच मिनेटमा कुल ७२ करोड ८७ लाख रुपैयाँको कारोबार हुँदा १६ कम्पनीको मूल्य १० प्रतिशत घट्यो।
- होटल र बीमा क्षेत्रका कम्पनीहरूमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत घटेको छ।
२ असोज, काठमाडौं । बिहीबार सेयर बजार ६ प्रतिशत अर्थात् १६० अंक घट्दा १६ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि सत्ता परिवर्तन भई गैर राजनीतिक दलको अन्तरिम सरकार बनेसँगै सेयर बजारमा पहिलो झरेको छ ।
पटक पटक स्थगित भएर खुलेको बजारमा कुल ५ मिनेट मात्रै कारोबार भयो । ५ मिनेटमा कुल ७२ करोड ८७ लाखको कारोबार भयो ।
५ मिनेट अवधिको यो कारोबारमा १६ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । १० प्रतिशत मूल्य घटेका कम्पनी विभिन्न सेक्टरका छन् । अधिकांश होटल र बीमा क्षेत्रका छन् । सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत घट्यो ।
तीबाहेक उन्नति सहकार्य लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत घट्यो ।
सप्तकोशी विकास बैंक, चन्द्रागिरि हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, नेसनल हाइड्रोपावर र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत (९.९ प्रतिशतभन्दा धेरै) घट्यो ।
त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स, बेस्ट फाइनान्स, ओरियन्टल होटल, आँखुखोला जलविद्युत्, विशाल बजार कम्पनी, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स, अपी पावर, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर, सान्भी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, बुटवल पावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरै घट्यो ।
प्रतिक्रिया 4