
२ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदीय समितिहरूलाई काम निरन्तर अघि बढाउन निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा चार वटा विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी उनले यस्तो निर्देशन दिएका हुन् ।
बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले छलफल गरेका थिए ।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4