News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना २ स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ।
- स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने फ्रान्स दोस्रो स्थानमा पुगेको छ र पोर्चुगल पाँचौं स्थानमा उक्लिएको छ।
- ब्राजिल छैटौं स्थानमा झरेको छ भने नेदरल्याण्ड्स सातौं, बेल्जियम आठौं, क्रोएसिया नवौं र इटाली १०औं स्थानमा पुगेका छन्।
२ असोज, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना २ स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ ।
सन् २०२२ को जुनमा विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना फिफा वरियतामा निरन्तर उक्लँदै सन् २०२३ को अप्रिलमा शीर्षस्थानमा पुगेको थियो ।
त्यसयता लगातार शीर्षमा कायमै रहँदै आएको अर्जेन्टिना साढे २ वर्षपछि अर्थात् बिहीबार सार्वजनिक भएको फिफा वरियतामा तल झरेको हो ।
अर्जेन्टिना २ स्थान तल झरेर तेस्रोमा पुग्दा स्पेन शीर्षमा र फ्रान्स दोस्रोमा उक्लिएको छ ।
अर्जेन्टिना सन् २०२३ को अप्रिल ६ मा सार्वजनिक भएको वरियतामा शीर्षमा पुगेको थियो । त्यसपछि जुन, जुलाई, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बरसम्म शीर्षमा रहेको थियो ।
त्यसपछि सन् २०२४ को फेब्रुअरी, अप्रिल, जुन, जुलाइ, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सार्वजनिक भएको वरियतामा पनि अर्जेन्टिना शीर्षमा थियो ।
सन् २०२५ को अप्रिलसम्म शीर्षमा रहेको अर्जेन्टिना यसपटक भने २ स्थान तल झर्यो ।
वरियतामा इंग्ल्याण्ड चौथो स्थानमा यथावत् रहँदा पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा उक्लिएको छ र ब्राजिल छैटौं स्थानमा झरेको छ ।
नेदरल्याण्ड्स सातौं स्थानमा र बेल्जियम आठौं स्थानमा यथावत् छन् । क्रोएसिया नवौं र इटाली १०औं स्थानमा उक्लिएका छन् ।
प्रतिक्रिया 4