+

युइएफए च्याम्पियन्स लिग : बार्सिलोना र म्यानचेष्टर सिटी विजयी

२०८२ असोज  ३ गते ८:४४ २०८२ असोज ३ गते ८:४४
युइएफए च्याम्पियन्स लिग : बार्सिलोना र म्यानचेष्टर सिटी विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पानिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेका छन्।
  • मार्कुस रासफोर्डले दुई गोल गर्दै बार्सिलोनाले न्युकासल युनाइटेडलाई २-१ ले पराजित गरेको छ।
  • म्यानचेष्टर सिटीले एर्लिङ हालान्ड र जेरेमी डोकुको गोलमा नापोलीलाई २-० ले हराएको छ।

३ असोज, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेका छन् । गएराती भएको खेलमा मार्कुस रासफोर्डको दुई गोल मद्तमा बार्सिलोनाले इंग्लिस क्लब न्युकासल युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।

न्युकासलको मैदानमा सेन्ट जेम्स पार्कमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर तर रासफोर्सले ५८‍औं र ६७‍औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

घरेलु टोलीका लागि एन्टोनी गोर्डनले ९०औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

यस्तै अर्को इंग्लिस क्लब सिटीले नापोलीलाई २-० लर् पराजित गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा सिटीका लागि एर्लिङ हालान्डले ५६औं र जेरेमी डोकुले ६५औं मिनेटमा गोल गरे ।  केभिन डे ब्रुएनाले नापोलीबाट आफ्नो पूर्व क्लब सिटी विरुद्ध खेलेका थिए । तर उनको लागि सुखद हुन सकेन ।

यस्तै अन्य खेलमा जर्मन क्लब एनट्राट फ्रांकफर्टले टर्किस क्लब गालातासारेलाई ५-१ ले पराजित गर्दा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको काजाखस्तानको काइरात अलमाटीलाई ४-१ लर् पराजित गरेको छ ।

 

युइएफए च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय