+
+
Shares

कांग्रेस ललितपुर महानगर समितिले विशेष महाधिवेशनको माग गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १२:१४

३ असोज, काठमाडौं । नेपाली कांग्रेस ललितपुर महानगर समितिले पार्टीको विशेष महाधिवशेनको माग गरेको छ ।

ललितपुर महानगरका सभापति शुभाननरत्न धाख्वाले हालको विषम परिस्थितिमा विशेष महाधिवेशन गरि नयाँ नेतृत्वका साथ निर्वाचनमा जानुपर्नेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

क्षेत्रीय र महाधिवेशन प्रतिनिधिको पद नराखी सम्पूर्ण तहका सभापति र पदाधिकारी पदमा क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचन गराउन सकिने विकल्प रहेको धाख्वाले सुनाए । नेताका घरबाट निस्किएका अकुत सम्पत्ति भेटिएको हो भने त्यसमा छानविन गर्नुपर्ने माग पनि उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?