३ असोज, काठमाडौं । अपराध कार्यमा संलग्न आरोपीहरु पक्राउ गर्दा प्रहरी वृत्तमा राख्ने ठाउँ पनि छैन ।
जेनजीको आन्दोलनका क्रममा प्रहरीका वृत्तहरु तोडफोड, आगजनी भएपछि अहिले वृत्त हिरासतबिहिन भएका हुन् ।
बिहीबार मात्रै बौद्धमा एक महिलालाई खुकुरी हानेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका कर्णबहादुर तामाङलाई पक्राउ गरेको थियो । बौद्धमा खुकुरी प्रहार गरेकाले उनलाई प्रहरी वृत्त बौद्धले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ ।
तर, बौद्ध वृत्त पूरै जलेको र तोडफोड भएकाले राख्ने ठाउँ समेत नभएर जिल्ला प्रहरी परिसर भद्रकाली पठाइयो । बौद्ध मात्रै होइन उपत्यकाका १८ वटा वृत्त मध्ये मालिगाउँ वृत्त बाहेक सबै वृत्तको अवस्था उस्तै छ । अहिले वृत्तले पक्राउ परेका आरोपीहरुलाई समेत राख्ने ठाउँ नभएर भद्रकाली परिसर पठाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4