
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता गोकुल बास्कोटाले तोकिएकै समयमा निर्वाचन गराउन वर्तमान सरकारसँग आग्रह गरेका छन्।
- बास्कोटाले एमाले चुनावको सामना गर्न तयार रहेको र पार्टी तीन वटै पुस्ताको प्रतिनिधित्व गर्ने बताए।
- उनले एमाले परिवर्तनको झण्डा बोकेर फेरि उठ्ने र जेनजी आन्दोलनमा भौतिक संरचनामा वितण्डा गर्नेहरूलाई क्षति भराउने बताए।
३ असोज, काभ्रेपलाञ्चोक । नेकपा एमालेका नेता गोकुल बास्कोटाले तोकिएकै समयमा निर्वाचन गराउन वर्तमान सरकारसँग आग्रह गरेका छन् ।
संविधान दिवसको अवसरमा काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका हुन् । ‘यसले पाएको म्याण्डेट बमोजिम समयमा निर्वाचन गराओस् । हामी निर्वाचन सामना गर्न चाहन्छौं,’ बास्कोटाले भने, ’खरानीको टीका लगाएर नयाँ इतिहास रच्न तम्तयार भएर बसेका छौ ।’
उनले एमाले तीन वटै पुस्ताको प्रतिनिधित्व गर्ने पार्टी रहेको पनि बताए । ‘पुराना पुस्ताको सम्मान गर्छौ प्रतिनिधित्व गर्छौं । बीचको पुस्ताको नेतृत्व गर्न सक्छौ भावनाहरुको सम्मान गर्न सक्छौं,’ बास्कोटाले भने, ‘परिवर्तनको नयाँ पुस्तालाई पनि हामी चिन्न सक्छौ उनीहरू सँगसँगै हातेमालो गर्न सक्छौं ।’
एमाले परिवर्तनको झण्डा बोकेर फेरि उठ्ने पनि उनले बताए । ‘जननेता मदन भण्डारीलाई सम्झेर भन्न चाहन्छु– यसका केही नेताहरू आउँछन्, आउँदैनन् त्यो मलाई थाहा छैन । तर नेकपा एमाले आउँछ परिवर्तनको झण्डा बोकेर आउँछ, न्यायको झण्डा बोकेर आउँछ, समृद्धिको झण्डा र गुमेको आत्मविश्वासलाई फेरि सगरमाथाको चुलीमा पुर्याउनेगरी अगाडि आउछ ।’
बास्कोटाले जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा वितण्डा गर्नेहरूलाई क्षति भराउनेगरी अगाडि बढ्नुपर्ने पनि बताए ।
प्रतिक्रिया 4