+
+
Shares

धनुषामा ८३५ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरीले धनुषा, विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइएको ८३५ किलोग्राम गाँजा बरामद गरेको छ।
  • सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा २७ जनाको टोलीले दिउँसो गाँजा बरामद गरेको हो।
  • बरामद गाँजा स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाइएको अवस्थामा भेटिएको एसएसपी अशोक बमले जानकारी दिए।

३ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले आज  दिउँसो सो गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सूचना अधिकारी एसएसपी अशोक बमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?