+

नेपाल–वेस्ट इन्डिज शृंखलाका लागि टिकट मूल्य ५० देखि ४०० दिरामसम्म

२०८२ असोज  ३ गते १७:४८ २०८२ असोज ३ गते १७:४८
नेपाल–वेस्ट इन्डिज शृंखलाका लागि टिकट मूल्य ५० देखि ४०० दिरामसम्म

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र वेस्ट इन्डिजबीच यूएईमा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुनेछ ।
  • शारजाह क्रिकेट स्टेडियममा हुने खेलका लागि टिकट मूल्य ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ ।
  • टिकट मूल्य नर्थ वेस्ट र नर्थ इस्ट स्ट्यान्डका लागि ५० दिराम र वेस्ट भिआईपी सुइटकम लागि ४०० दिराम तोकिएको छ ।

३ असोज, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच यूएईमा हुने ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टिकट बिक्री सुरु भएको छ। तीन खेलको यो शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म शारजाह क्रिकेट स्टेडियममा खेलिनेछ।

टिकट मूल्य ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ। नर्थ वेस्ट स्ट्यान्ड र नर्थ इस्ट स्ट्यान्डका लागि ५० दिराम (झण्डै १,९२० रुपैयाँ) तोकिएको छ भने ईस्ट र वेस्ट स्ट्यान्ड (फ्यामिली)का लागि ६० दिराम (करिब २,३०० रुपैयाँ) तोकिएको छ ।

यस्तै गोल्ड र प्लेटिनम पेभिलियनका लागि १०० दिराब (करिब ३,८५० रुपैयाँ) तोकिएको छ । सबैभन्दा महँगो वेस्ट भिआईपी सुइटकम लागि ४०० दिराम (करिब १५,३५० रुपैयाँ) तोकिएको छ ।

यस शृंखलाका लागि दुवै टोलीले अन्तिम स्क्वाड घोषणा गरिसकेका छन्।

नेपाल र वेस्ट इन्डिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय