+
+
Shares

जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १८:४५

३ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका  सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा  घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

प्रदर्शनका क्रममा भएको अकल्पनिय भौतिक र मानवीय क्षतिप्रति दु:ख प्रकट  गरेको छ ।

जेनजी को शान्तीपूर्ण आन्दोलनमा घुसपैठ भइ सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने निर्णय बैठकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?