+

मलेसियन सुपर वुमन सिरिज : यी हुन् नेपाली खेलाडीले खेल्ने टोलीहरू

२०८२ असोज  ४ गते १२:४७ २०८२ असोज ४ गते १२:४७
मलेसियन सुपर वुमन सिरिज : यी हुन् नेपाली खेलाडीले खेल्ने टोलीहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा सेप्टेम्बर २४ देखि ३० सम्म मलेसियन सुपर वुमन सिरिज हुँदैछ।
  • यो प्रतियोगितामा पाँच टोलीले भाग लिनेछन् र नेपाली महिला क्रिकेटरहरू पनि सहभागी हुनेछन्।
  • नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव र टी-२० विश्वकप ग्लोबल छनोट तयारीमा यो सिरिज महत्वपूर्ण हुनेछ।

४ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली महिला क्रिकेटरहरूले खेल्ने भएका छन् ।

यो प्रतियोगिता यायासाम सिमे डार्बीको प्रायोजनमा तेस्रो संस्करणका रूपमा आयोजना हुँदैछ। यस पटक पाँच टोलीहरू- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन  प्रतिस्पर्धामा हुनेछन्।

२०२० मा भएको पहिलो संस्करणमा ६ मुलुकका खेलाडीहरूले सहभागिता जनाएका थिए भने २०२४ को संस्करणमा ९ मुलुकका खेलाडीहरू खेलेका थिए।

उद्घाटन संस्करणमा नर्थन क्वीन्स विजेता बनेको थियो भने दोस्रो संस्करण वेस्टर्न वन्डर वुमनले जितेको थियो। यसपटक उनीहरू उपाधि रक्षा गर्ने अभियानमा हुनेछन् ।

यस सिरिज नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर मात्र नभएर मलेसियाविरुद्धको टी-२०आई शृंखला र टी-२० विश्वकपको ग्लोबल छनोट तयारीका लागि पनि महत्वपूर्ण हुनेछ ।

कुन खेलाडीले कुन टिमबाट खेल्दै छन् ?

एसोसियट क्रिकेटको बारेमा समाचार लेख्दै आएको संस्था सिजार स्पोर्ट्स ग्लोबलले नेपाली खेलाडीहरू समेटिएको लिस्ट पनि सार्वजनिक गरेको छ ।

त्यहाँ उल्लेख भएअनुसार रुबिना क्षेत्री र कविता कुँवर कुन टोलीबाट खेल्ने भन्ने टुंगो बाँकी छ। बाँकी १२ खेलाडीहरूको नाम विभिन्न टोलीमा समावेश छ ।

सेन्ट्रल सुपर गर्ल्स : यशोदा बिस्ट, राजमती ऐरि, सिता राना मगर, रिया शर्मा

इस्टर्न लायनेस : कविता जोशी, सम्झना खड्का

नर्थन क्वीन्स : रुबी पोद्दार

साउथर्न जागुअर्स : पूजा महतो, सोमु बिस्ट

वेस्टर्न वन्डर वुमन : इन्दु वर्मा, सावित्री धामी, रचना चौधरी

नेपाली महिला क्रिकेटर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय