+
+
Shares

नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ

‘सबैको दिमागमा प्रश्न आइरहेको छ, म त्यहाँ किन सेलिब्रेट गर्न गएको हो ? भनेर,’ गुरुङले भनेका छन्, ‘म सेलिब्रेट गर्न गएको होइन त्यहाँ । मलाई सेलिब्रेट गर्नु पनि छैन । म सुरुमा जाँदिन नै भनेको हुँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १६:२७

४ असोज, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले पुराना नेताहरूले शिर नउठाउन् भनेर आफू राष्ट्रपति कार्यालयमा आयोजित चियापान तथ शुभकामना आदनप्रदान कार्यक्रममा गएको स्पष्टीकरण दिएका छन् ।

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए । पछिल्लो समय चर्चाको शिखरमा रहेका गुरुङ पनि त्यहाँ उपस्थित भएका थिए ।

आफू त्यहाँ पुगेपछि सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको भन्दै उनले शनिबार भिडियो सन्देशमार्फत त्यसबारे बताएका हुन् ।

‘सबैको दिमागमा प्रश्न आइरहेको छ, म त्यहाँ किन सेलिब्रेट गर्न गएको हो ? भनेर,’ गुरुङले भनेका छन्, ‘म सेलिब्रेट गर्न गएको होइन त्यहाँ । मलाई सेलिब्रेट गर्नु पनि छैन । म सुरुमा जाँदिन नै भनेको हुँ ।’

तर, पुराना नेताहरू पनि त्यहाँ आउने थाहा पाएको र त्यसपछि उनीहरू शिर उचालेर हिँड्छन् भन्ने भएपछि आफू त्यहाँ पुगेको गुरुङले बताएका हुन् ।

‘नेताहरू सबै आउने भनेपछि यिनीहरू शिर उचालेर हिँड्छ भनेर म त्यहाँ गएको हो । म त्यहाँ एउटा नेतासँग बस्दा पनि बसिनँ । एउटै लेभलमा कुर्सीमा बस्दा पनि बसिनँ,’ गुरुङले भने, ‘उभिएर बसेँ, पानीमा रुझेर बसेँ । चिया खाउँ भनेर भनेको थियो, मैले चिया पनि खाइनँ । पानी खाऔं भन्दै थिए, म पानी खाँदिन भनेँ, अशुद्ध हुन्छु भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?