
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारमा गत बिहीबार तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक लागेको थियो र आइतबार बजार सम्हालिएको छ।
- पहिलो एक घण्टामा नेप्से परिसूचक २२ अंक बढेको र ३ अर्ब ७२ करोडको कारोबार भएको छ।
- निर्जीवन बीमा समूह ७.१ प्रतिशतले सबैभन्दा धेरै घटेको छ भने बैंकिङ, विकास बैंक, लगानी र हाइड्रोपावर समूह २ प्रतिशतभन्दा बढी बढेका छन्।
५ असोज, काठमाडौं । गत बिहीबार तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार सम्हालिएको छ । सुरुवाती कारोबारका क्रममा आइतबार बजार बढेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २२ अंक बढेको छ । यतिबेलासम्म ३ अर्ब ७२ करोडको कारोबार भएको छ ।
१५३ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ भने ३ को स्थिर छ । कारोबारका क्रममा निर्जीवन बीमा समूहमा भारी गिरावट आएको छ । पहिलो एक घण्टामा निर्जीवन बीमा समूह सबैभन्दा धेरै ७.१ प्रतिशत घटेको छ ।
निर्जीवन बीमापछि धेरै घट्नेमा अन्य समूह छ । सो समूह ३.५२ प्रतिशत घटेको छ । दुई पुनर्बीमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले घट्दा अन्य समूह प्रभावित भएको छ ।
यसअघि जेनजी प्रदर्शनका क्रममा क्षति भएका संरचनाको बीमा माग दाबी बढेसँगै निर्जीवन बीमा र अन्य समूह बढी प्रभावित भएका हुन् । साथै होटल तथा पर्यटन समूह पनि प्रभावित देखिएको छ । यो समूह पनि पहिलो एक घण्टामा १.७ प्रतिशत घटेको छ ।
बैंकिङ, विकास बैंक, लगानी, हाइड्रोपावर जस्ता सेक्टर बढेका छन् । पहिलो एक घण्टामा यी सेक्टर २ प्रतिशतभन्दा धेरै बढेका छन् ।
पहिलो एक घण्टामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य १० प्रतिशत घटेको छ । त्यस्तै आईजीआई प्रुडेन्सियल, तारागाउँ रिजेन्सीको मूल्य ९ प्रतिशत घटेको छ ।
हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सीईडीबी होल्डिङ्स छन् ।
प्रतिक्रिया 4