+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसद् अनाहक विघटन गर्न हुँदैन थियो : मिश्र

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १६:५३

५ असोज, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद् विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । संसद् विघटन गर्न नहुने बताउँदै उनले परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने जिकिर गरे ।

‘संसद् विघटन भएपछि धेरैले आफ्ना कुराहरू राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ति निकाल्यो । यो संसद् अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुन्छ,’ मिश्रले भने ।

ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने उनले बताए । आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँधिनुपर्ने बताए ।

‘मुलुकका शक्तिहरू जो हामी मानि आएका छौँ, ति शक्तिहरु चुनिन्छन् । पूर्व भए भन्दा फ्रेस म्याण्डेट आवश्यक पर्दछ । फ्रेस म्याण्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौं,’ उनले भने, ‘आन्दोलनले कुनै संविधान, कानून मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँध्नुपर्दछ । नत्र वैधता प्राप्त गर्न सक्दैन ।’

उनले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?