५ असोज, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीको भ्यानमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयमा लगिएको छ ।
जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले भ्यानमार्फत प्रधानमन्त्रीसँग भेट गराउन लगेको हो ।
उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रोश समेत व्यक्त गरेका थिए ।
घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेन—जी पुस्ताको नेता मान्न नसकिने समेत बताएका थिए ।
*यसअघि भुलवस् शीर्षक अन्य पर्न गएकोमा सच्याइएको छ।
प्रतिक्रिया 4