+
+
Shares

हवाई यात्रुलाई छैन टिकटको समस्या, यात्रु चाप औसत

मुग्लिन–नारायणगढ सडक अवरोधका कारण स्थलमार्गमा यात्रु सास्ती भोगिरहेका छन् तर हवाई यात्रुको संख्या व्यवस्थापन गर्न मिल्ने अवस्थामा रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ९:०२

६ असोज, काठमाडौं । आजबाट घटस्थापना सुरु भएको छ । यससँगै उपत्यका छाड्नेको संख्या समेत बढ्ने गर्छ । यससँगै हवाई यात्रुको समेत चाप सामान्य अवस्थाभन्दा बढ्ने गर्छ ।

मुग्लिन–नारायणगढ सडक अवरोधसहितका कारणले स्थलमार्गमा यात्रु सास्ती भोगिरहेका छन् । यद्यपि हवाई यात्रुको संख्या भने व्यवस्थापन गर्न मिल्ने नै अवस्थामा रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । ‘चाडबाड र बाटो बिग्रिदा हवाई थात्रु थेगिनसक्नु होला भन्ने थियो’, त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने, ‘चाप बढ्दै छ तर सबै व्यवस्थापन गर्न सकिने अवस्थामा छ ।’

मुख्य गन्तव्यमा अहिलेसम्म कुनै पनि वायुसेवा कम्पनीले अतिरिक्त उडानको अनुमति नमागेको उनले जानकारी दिए । ‘यात्रुको बढी चाप हुने सेक्टरमा वायुसेवा कम्पनीले थप उडान अनुमति मागेको अवस्था छैन’, उनले भने, ‘यसले यात्रु संख्या औसत: रहेको संकेत गर्छ ।’

सामान्य अवस्थामा वायुसेवा कम्पनीले उडान अनुमति लिए पनि यात्रु कम हुँदा उडान मर्ज गरी बाँकी उडान रद्द गर्छन् । चाडबाडमा त्यसरी लिएका अनुमति अनुसार पूरै उडान भइरहेको तर थप उडानको आवश्यकता परे वायुसेवा कम्पनी तयार रहेको बुद्ध एयरले जनाएको छ । कम्पनीका सूचना अधिकृत दीपेन्द कर्णका अनुसार अहिले निजी क्षेत्रका वायुसेवा कम्पनीसँग पर्याप्त सिट छन् ।

बुद्ध एयरका अनुसार दशैंका लागि माग अनुसार टिकट उपलब्ध छन् । तर, तुम्लिङटारको भने पुरै प्याक भइसकेको छ । भरतपुर र सिमरामा समेत सिट संख्या सीमित छ । अन्य गन्तव्यमा भने जुन दिनका लागि टिकट उपलब्ध हुनेछ

सोहीकारण यात्रुको चाप बढ्नासाथ उडान थप गरी सेवा दिन समस्या छैन । बुद्धसँग मात्र डेढ दर्जन जहाज छन् । विगतमा सानो जहाज जाने स्थानमा आज ठूला जहाज जान्छन्’, उनले भने, ‘सबै वायुसेवा कम्पनीसँग ठूला जहाज भएकाले सिटको समस्या छैन ।’

यो बेला वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको माथिल्लो भाडादरमा टिकट बिक्री गर्ने गर्छन् । दशैँको बेला यात्रु चाप ‘वान वे’ हुने भएकाले यस्तो गर्नु परेको कम्पनीहरुको भनाइ छ ।

घटस्थापनादेखि काठमाडौंबाट बाहिर जाने यात्रुको मात्र चाप हुन्छ, तर काठमाडौं आउने जहाज रित्तै फर्कनु पर्ने हुन्छ । घटस्थापनापछि भने काठमाडौं भित्रनेको चाप बढी हुने गर्छ ।

अहिले नेपालमा आन्तरिक उडानका कम्पनीसँग दैनिक १५ हजारभन्दा बढी यात्रु बोक्ने क्षमता छ । सो क्षमता अझै उपयोगमा नआएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयरका अनुसार दशैंका लागि माग अनुसार टिकट उपलब्ध छन् । तर, तुम्लिङटारको भने पुरै प्याक भइसकेको छ । भरतपुर र सिमरामा समेत सिट संख्या सीमित छ । अन्य गन्तव्यमा भने जुन दिनका लागि हो सोही दिन टिकट उपलब्ध हुने कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?