+
+
Shares

सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सुरु, राहदानी सेवा अझै बन्द

रासस रासस
२०८२ असोज ६ गते १२:५२

६ असोज, सिरहा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमश: सञ्चालन हुँदै गएको छ । कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुन: सुरु गरेको छ ।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुन: सञ्चालनमा ल्याइएको हो । तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन । प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ ।

‘केही दिनमा नै काठमाडौँबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,’ प्रमुख खनालले बताए । यसअघि, कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुन: सुरु गरिसकेको थियो ।

सेवा सञ्चालन गर्न कार्यालय मर्मत–सम्भारको काम समेत क्रमश: अगाडि बढाइरहेको छ । प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब रु १५ लाख बराबरको क्षति पुगेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?