
News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकप्रसाद आचार्य निर्देशित फिल्म ‘परान’ को नयाँ पोस्टरमा अभिनेता नीर शाह शंख फुक्दै गरेको दृश्य देखाइएको छ।
- फिल्मको कथामा धर्म, संस्कृति वा परम्परागत रीतिरिवाजको महत्वपूर्ण स्थान हुन सक्ने सङ्केत पोस्टरले दिएको छ।
- ‘परान’ कार्तिक १४ गतेदेखि बाइस्कोप सिनेमा प्रालिले रिलिज गर्ने जनाइएको छ।
काठमाडौं । दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
सोमबार सार्वजनिक पोस्टरमा पाका अभिनेता नीर शाह चित्रित छन् । यसअघि महेश त्रिपाठी र अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा शाहलाई फिचर्ड गरिएको हो ।
पोस्टरमा उनी शंख फुक्दै गरेको चरित्र चित्रणमा छन् । उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ ।
यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ । पोस्टरले शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजी उब्जाएको छ ।
व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो । आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।
‘परान’ कार्तिक १४ (अक्टोबर ३१) देखि रिलिज हुने जनाइएको छ ।
प्रतिक्रिया 4