+

साफ यू-१७ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

२०८२ असोज  ६ गते १८:३३ २०८२ असोज ६ गते १८:३३
साफ यू-१७ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।
  • नेपाल समूह ए को उपविजेता र भारत समूह बी को विजेता भएर सेमिफाइनल प्रवेश गरेका हुन् ।
  • सेमिफाइनलका खेलहरू आगामी बिहीबार हुनेछन् ।

६ असोज, काठमाडौं । श्रीलंकामा जारी साफ साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरण अन्तर्गत सोमबार भएको खेलमा पाकिस्तानलाई ३-२ ले हराएर भारत समूह बी को विजेता बनेपछि नेपाल र भारतको भेट पक्का भएको हो । भारतले समूह बी मा सबै तीन खेल जितेर ९ अंक जोड्दा पाकिस्तानले ६ अंक जोड्यो ।

यस्तै समूह बी को उपविजेता बनेको पाकिस्तानले सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग खेल्नेछ ।

समूह ए म दुवै खेल जितेको बंगलादेश ६ अंक जोडेर समूह विजेता बनेको थियो भने एक जित र एक हारको नतिजासहित नेपाल उपविजेता बनेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएको थियो ।

सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् ।

साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय