
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार पहिलो एक घण्टामा नेप्से परिसूचक ३९ अंक बढेर २६६२ अंकमा पुगेको छ।
- निर्जीवन बीमा समूहको सेयर मूल्य १.१३ प्रतिशत बढेको छ, जुन भदौ २४ गतेको विध्वंसपछि आएको गिरावटपछि भएको हो।
- पहिलो एक घण्टामा १ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ र हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशतले सबैभन्दा बढी बढेको छ।
७ असोज, काठमाडौं । मंगलबार पहिलो एक घण्टामा सेयर बजारमा उत्साह देखिएको छ । यो बेलासम्म नेप्से परिसूचक ३९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६६२ अंकमा छ । त्यस्तै एक घण्टामा १ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । २२३ कम्पनीको मूल्य बढ्दा २६ को घटेको छ ।
अघिल्लो कारोबार दिन ४ प्रतिशत घटेको निर्जीवन बीमा समूह प्रारम्भिक कारोबारका क्रममा बढेको छ । यो समूह एक घण्टामा १.१३ प्रतिशत बढेको छ ।
भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।
अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा करिब २२ अर्बको दाबी भुक्तानी माग गर्दै आवेदन परेको छ । नोक्सान भएको सम्पत्तिको वास्तविक मूल्यांकन गरेर मात्रै पछि बीमा भुक्तानी हुने हो, जसमा पुनर्बीमामार्फत पनि ठूलो रकम प्राप्त हुन्छ ।
निर्जीवन बीमासँगै धेरैजसो समूह बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, अन्य र व्यापार समूह बढेका छन्।
पहिलो एक घण्टामा हिमस्टार ऊर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । त्यस्तै साल्ट ट्रेडिङको मूल्य ५ प्रतिशत घटेको छ । यतिबेलासम्म धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी र साहस ऊर्जा छन् ।
प्रतिक्रिया 4