News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको परिमार्जित क्यालेन्डरबाट नेपाल सुपर लिग हटाइएको छ।
- एन्फाले पहिले पारित गरेको क्यालेन्डरमा २०२५ सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपाल सुपर लिग हुने उल्लेख थियो।
- अक्टोबर फिफा विन्डोमा हरेक पटक २ खेल खेल्ने योजना १ खेल मात्र खेल्ने गरी परिमार्जित गरिएको छ।
७ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको परिमार्जित क्यालेन्डरबाट फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग हटाइएको छ ।
यसअघि एन्फाले पारित गरेको क्यालेन्डरमा २०२५ सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नेपाल सुपर लिग (एनएसएल) हुने उल्लेख थियो ।
तर मंगलबार सार्वजनिक भएको बाँकी क्यालेन्डरमा भने एनएसएल समावेश भएको छैन ।
एन्फा प्रवक्ता सुरेश शाहले एनएसएल एन्फाको कार्यक्रम नभएकोले क्यालेन्डरमा समावेश नगरिएको बताए । तर उनले यसअघि किन क्यालेन्डरमा राखियो भन्ने विषयमा स्पष्ट जवाफ दिएनन् । ‘त्यो हाम्रो क्यालेन्डर नभएर नराखेको हो । एनएसएल अब उहाँहरुको आफ्नै क्यालेन्डर अनुसार हुन्छ । हामीले त मिति उपलब्ध गराउने मात्र हो’ शाहले अनलाइनखबरसँग भने ।

नेपाली महिला फुटबल टोलीले भने भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।
यस्तै, यसअघि साधारण सभाबाट पारित क्यालेन्डरमा हरेक फिफा विन्डोमा २-२ खेल खेल्ने गरी समावेश गरिएको भएपनि अक्टोबर विन्डोमा १ खेल मात्र खेल्ने भएको छ ।
प्रतिक्रिया 4