News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रेन्च लिग वानमा मार्सेले नाएफ अगुएर्डको गोलमा पेरिस सेन्ट जर्मेनलाई १-० ले पराजित गरेको छ।
- मार्सेका रोबर्टो डे जेर्बीले ईन्जुरी टाईममा रातो कार्ड पाएपछि पीएसजीको यो सिजन पहिलो हार हो।
- पीएसजी ५ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ भने मार्से ९ अंकसहित छैटौं स्थानमा उक्लेको छ।
७ असोज, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सेसँग १-० ले पराजित भएको छ । नाएफ अगुएर्डले खेलको पाँचौँ मिनेटमा गरेको एक मात्र गोलमा मार्सेले च्याम्पियन टोली पीएसजीलाई स्तब्ध बनाएको हो ।
मार्सेका रोबर्टो डे जेर्बीले ईन्जुरी टाईममा रातो कार्ड सामना गरेका थिए । यस सिजन पीएसजीको यो पहिलो हार हो । हारपछि पीएसजीले शीर्ष स्थानमा उक्लिने अवसर पनि गुमायो ।
पीएसजी ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ। समान १२ अंक जोडेको मोनाको गोलअन्तरान अघि रहँदा पहिलो स्थानमा छ ।
लियोन र स्ट्रबर्गको पनि समान १२ अंक नै छ र क्रमश: तेस्रो र चाैथोमा छ । पीएसजीलाई स्तब्ध पारेको मार्से ५ खेलबाट ९ अंकसहित छैटौं स्थानमा उक्लेको छ ।
यो आइतबारको लागि तय भएपनि दक्षिण फ्रान्समा हावाहुरीसहित भारी वर्षा हुने सम्भावनापछि खेल सोमबारको लागि सारिएको थियो ।
प्रतिक्रिया 4