+

आठौं बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल २६ असोजदेखि

२०८२ असोज  ८ गते ७:५९ २०८२ असोज ८ गते ७:५९
आठौं बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल २६ असोजदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आठौं बेलबारी आरजु राईस मेजर स्व. एन.बी. रुङ्माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल आगामी २६ असोजदेखि बेलबारीमा सुरु हुने भएको छ।
  • प्रतियोगितामा नेपालका आठ टोली र भारतको लिजेन्ड फुटबल एकेडेमी गरी नौ टोली सहभागी हुनेछन्।
  • विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

८ असोज, काठमाडौं । आठौं बेलबारी आरजु राईस मेजर स्व. एन.बी. रुङ्माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल आगामी २६ असोजदेखि हुने भएको छ।

मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदानमा कात्तिक १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका झापा–११, सलहेश युवा क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड, प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब धनकुटा, भोजपुर जिल्ला फुटबल संघ, आयोजक एल एक्स सिटी फुटबल क्लब र भारतको लिजेन्ड फुटबल एकेडेमी गरी आठ टोली सहभागी हुनेछन्।

विजेताले ८ लाख रुपैयाँ नगद र ट्रफि पाउनेछन् भने उपविजेताले ४ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक, गोलकर्त्ता र उदयीमान खेलाडीलाई ११–२५ हजार रुपैयाँसम्म पुरस्कार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले ७ हजार पाउनेछन्।

प्रतियोगिता सम्पन्न गर्न करिब ६४ लाख खर्च हुने अनुमान छ भने ७२ लाख भन्दा बढी संकलन गर्ने लक्ष्य राखिएको छ।

बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय