+

इसाक र एकिटिकेको गोलमा लिभरपुल विजयी

२०८२ असोज  ८ गते ९:३२ २०८२ असोज ८ गते ९:३२
इसाक र एकिटिकेको गोलमा लिभरपुल विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुलले इएफएल कपको तेस्रो चरणमा साउथह्याम्पटनलाई २-१ ले पराजित गरेको छ ।
  • लिभरपुलका लागि अलेकजान्डर इकास र ह्युगो एकिटिकेले गोल गरे ।
  • एकिटिकेले गोल गरेपछि जर्सी खोलेर सेलेब्रेसन गर्दा रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो।

८ असोज, काठमाडौं । अलेकजान्डर इकासले लिभरपुलका लागि पहिलो गोल गरेको खेलमा साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरणमा लिभरपुललाई जित दिलाउन इसाकसँगै ह्युगो एकिटिकेले गोल गरे ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा इसाकले ४३औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सिअ चार्ल्सले ७६औं मिनेटमा साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।

तर एकिटिकेले ८५औं मिनेटमा निर्णायक गोल गर्दै लिभरपुलको जित पक्का गरे । गोल गरे लगत्तै जर्सी खोलेर सेलेब्रेसन गरेका एकिटिके रातो (दोहोरो पहेँलो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

इएफएल अन्तर्गत तेस्रो चरणको अन्य खेलमा चेल्सीले लिङक्न सिटीलाई २-१ ले, वल्भ्ले एभरटनलाई २-० ले, क्राइटनले बार्न्सलेलाई ६-० ले, कार्डिफ सिटीले बर्नलेलाई २-१ ले, फुलहमले क्याम्ब्रिज युनाइटेडलाई १-० ले, व्रेक्समले रिडिङलाई २-० ले तथा वाएमोम्बे वन्डरर्सले विगान एथ्लेटिकलाई २-० ले नै पराजित गरेको छ ।

इएफएल कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय