+
+
Shares

माओवादी स्थायी समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते दिउँसो १ बजे पेरिसडाँडामा बस्नेछ।
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव स्थायी समितिमा राखेका छन्।
  • स्थायी समितिले प्रस्ताव अनुमोदन गरेपछि केन्द्रीय समिति बैठक असोज ९ गते बस्नेछ र महाधिवेशन तथा संगठन भंग गर्ने निर्णय गर्नेछ।

८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा लगिनेछ ।

माओवादी केन्द्रकोख पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । महाधिवेशन गर्ने निर्णयसँगै अहिले नै पार्टीका सबै संगठन भंग गर्ने पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ ।

यी प्रस्तावलाई स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय समिति बैठकमा लैजाने तयारी छ । केन्द्रीय समितिले निर्णय गरेपछि मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयले औपचारिकता पाउनेछ । संगठनहरू भंगको निर्णय पनि केन्द्रीय समितिको बैठकले नै गर्नेछ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्दैछ । केन्द्रीय समिति बैठकको तयारीका लागि आज स्थायी समिति बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?