News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियामा सुरु भएको मलेसियन सुपर वुमन सिरिजमा साउथर्न जागुअर्सले इस्टर्न लायनेसलाई ७ विकेटले पराजित गरेको छ।
- जागुअर्सकी उपकप्तान पूजा महतोले सर्वाधिक १४ रन बनाइन् र ४ ओभरमा ३ विकेट लिए।
- लायनेसकी कविता जोशीले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्।
८ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको मलेसियन सुपर वुमन सिरिजमा पूजा महतो सम्मिलित साउथर्न जागुअर्सले इस्टर्न लायनेसलाई ३ विकेटले पराजित गरेको छ ।
लायनेसले दिएको ७४ रनको लक्ष्य जागुअर्सले १८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । जागुअर्सका लागि उपकप्तान पूजा महतोले सर्वाधिक १४ रन बनाइन् । त्यस्तै कप्तान नुर दानियाले १३ रन बनाइन् ।
लायनेसका कविता जोशीले ३ विकेट लिँदा कोरानित सुवान्चोनराथीले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लायनेसले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । मास एलिसाले १९ तथा कविता जोशीले १७ रन बनाइन् ।
जागुअर्सका पूजा महतोले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सोमु विष्ट, रुबिना क्षेत्री र नुर दानियाले १-१ विकेट लिए ।
प्रतिक्रिया 4