
८ असोज, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश कार्यान्वयन गर्न आवश्यक कार्यविधि बनाउँदैछ ।
सरकारले बुधबार निर्वाचन आयोगको ड्राफ्टअनुसार जेनजी समूहलाई मतदाता नामावलीमा नाम समावेश गर्ने बाटो खोल्ने गरी अध्यादेश ल्याएको छ ।
अध्यादेश तुरुन्तै लागू हुने गरी कार्यविधि निर्माणमा आयोग जुटेको हो ।
निर्वाचन आयोगका आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केही दिनमा नै कार्यविधि बनेर कार्यन्वयनमा जानेछ ।
‘कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर आयोगले नै कार्यविधि बनाउनेछ,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘यो कार्यविधि आयोगले छिट्टै बनाउँछ र कार्यान्वयनमा लैजान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4