
८ असोज, विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले विराट मेडिकल कलेज पुगेर आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेका हुन् ।
भदौ २३ गते इटहरीमा भएको प्रदर्शनका क्रममा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा गोली लागेको थियो ।
विराट मेडिकल कलेजमा उनको २ पटक शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार ढकालको अवस्था सुधारोन्मुख छ । अस्पतालका अनुसार, सान्तनुको उपचार नि:शुल्क भइरहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4