८ असोज, काठमाडौं । जेनजी प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट फरार भएका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे कारागार फर्केका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वसचिव पाण्डे मंलबार साँझ कारागार फर्केको स्रोतले बतायो । मंगलबार साँझ नै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि कारागार फकेका छन् ।
उनीहरु आफैं कारागार फर्केको कारागार प्रशासनले बताएको छ । त्यसैगरी आज बुधबार भुटानी काण्डमै जोडिएका बेचन झा पनि कारागार फर्केका छन् । उनी पनि आफैं कारागार फर्केका हुन् ।
यसअघि मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुटानी काण्डमा जोडिएका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर कारागारमा बुझाएको थियो ।
एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि केही दिनअघि आफैं कारागार फर्केका थिए ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गर्दै उनीहरूसहित सुन्धारा कारागारका ३३ सय कैदीबन्दी फरार भएका थिए ।
प्रतिक्रिया 4