News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२०आई ब्याटिङ वरियतामा रोहित पौडेल ७१औं र दीपेन्द्रसिंह ऐरी ६४औं स्थानमा उक्लिएका छन्।
- बलिङ वरियतामा ललित राजवंशी ५७औं र सन्दीप लामिछाने ७८औं स्थानमा पुगेका छन् भने दीपेन्द्र चौथो स्थानमा कायमै छन्।
- नेपालले शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ।
८ असोज, काठमाडौं । आईसीसी टी-२०आई ब्याटिङ वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान माथि उक्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित एक स्थान माथि उक्लिएर ७१औं स्थानमा पुगेका छन् भने दीपेन्द्र ६५औं बाट ६४औं स्थानमा उक्लिएका हुन् ।
यस्तै बलिङतर्फ ललित राजवंशी १ स्थान माथि उक्लिएर ५७औं स्थानमा पुगेका छन् । सन्दीप लामिछाने १ स्थान तल झर्दै ७८औं स्थानमा पुगेका छन् । दीपेन्द्र एक स्थान माथि उक्लिएका छन् । अलराउन्डर वरियतामा दीपेन्द्र चौथोमा कायमै छन् ।
नेपाली खेलाडीले विगत ३ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेको छैनन् । यसबीचमा अन्य खेलाडीको वरियतामा परिवर्तन हुँदा नेपाली खेलाडीको वरियता पनि हेरफेर हुने गर्छ ।
नेपालले अब शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्दै छ ।
प्रतिक्रिया 4