+

अल्भारेजको ह्याट्रिकमा एट्लेटिको मड्रिड विजयी

२०८२ असोज  ९ गते ७:१७ २०८२ असोज ९ गते ७:१७
अल्भारेजको ह्याट्रिकमा एट्लेटिको मड्रिड विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एट्लेटिको मड्रिडले जुलियन अल्भारेजको ह्याट्रिक मदतमा स्पानिस ला लिगामा रायो भालेकानोलाई ३-२ ले पराजित गरेको छ ।
  • अल्भारेजले ८८औं मिनेटमा निर्णायक गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरेका थिए ।
  • एट्लेटिकोले ६ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लेको छ र रियल मड्रिडभन्दा ९ अंकले पछि छ ।

९ असोज, काठमाडौं । जुलियन अल्भारेजको ह्याट्रिक मद्तमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा राभो भालेकानोलाई ३-२ ले पराजित गरेको छ । अर्जेन्टाइन फरवार्ड अल्भारेजले ८८औं मिनेटमा निर्णायक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यही गोलमा एट्लेटिकोले ३ अंक जोड्‍यो ।

यस सिजन लिगमा एट्लेटिकोको यो दोस्रो जित हो । आउने शनिवार मड्रिड डर्बीमा एट्लेटिकोले रियल मड्रिडको सामना गर्नुअघि यो जितले केही राहत मिलेको छ ।

अर्जेन्टाइन प्रशिक्षक डिएगो सिमिओनीका लागि सन् २०११ यता यो लिगमा कमजोर सुरुवातमध्ये पर्छ । सिमिओनीले अल्भारेजको तारिफ गर्दै उनी उत्कृष्ट खेलाडी भएको र उनी उत्कृष्ट लयमै लहनुपर्ने बताए ।

जितपछि एट्लेटिको ६ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लेको छ । शीर्ष स्थानको रियल भन्दा एट्लेटिको ९ अंकले नै पछि छ । रायो भालेकानो ६ खेलबाट ५ अंकसहित १४औं स्थानमा छ ।

घरेलु मैदानमा अल्भारेजले १५औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर रायो भालेकानोका लागि पेप चाभारियाले पहिलो हाफको इन्जुरी टाइममै बराबरी गोल फर्काए । त्यसपछि अ्लभारो गार्सियाले ७७औं मिनेटमा गोल गर्दै रायो भालेकानोलाई २-१ को अग्रता दिलाएका थिए ।

तर अन्तिम १० मिनेटमा अल्भारेजले दुई गोल गर्दै एट्लेटिकोलाई ३ अंक दिलाए । उनले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए भने खेल सकिन दुई मिनेट बाँकी छँदा विजयी गोल गरे ।

यस्तै रियल सोसिडाडले मायोर्कालाई १-० ले हराएर सिजनको पहिलो जित निकाल्दै रेलिगेसन जोन छाडेको छ । सोसिडाड ६ खेलबाट ५ अंक जोडेर १६औं स्थानमा उक्लेको छ । चौथो हार व्यहोरेको मायोर्का जितविहिन छ र २ अंकसहित १९औं स्थानमा छ ।

 

 

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय