News Summary
Generated by OK AI. Editorially reviewed.- म्यानचेष्टर सिटी, आर्सनल र टोटनहम इएफएल कपको चौथो चरणमा प्रवेश गरेका छन्।
- म्यानचेष्टर सिटीले हडर्स्फिल्ड टाउनलाई २-० ले हराएको छ।
- टोटनहमले डङकास्टर रोभर्सलाई ३-० ले पराजित गरेको छ।
९ असोज, काठमाडौं । म्यानचेष्टर सिटी, आर्सनल र टोटनहम इएफएल (कारवाओ) कपको चौथो चरणमा प्रवेश गरेका छन् ।
तेस्रो चरणको खेलमा सिटीले तेस्रो श्रेणीको हडर्स्फिल्ड टाउनलाई २-० ले हरायो । सिटीका लागि फिल फोडेनले १८औं र साभिन्होले ७४औं मिनेटमा गोल गरे ।
आर्सनलले पनि तेस्रो श्रेणीकै पोर्ट भेललाई २-० ले पराजित गरेको छ । आर्सनलका लागि एबेरेची एजेले आठौं र लियोन्ड्रो ट्रोसार्डले ८६औं मिनेटमा गोल गरे ।
यस्तै टोटनहमले पनि तेस्रो श्रेणीकै डङकास्टर रोभर्सलाई ३-० ले पराजित गरेको छ । टोटनहमका लागि पाल्हिन्हाले १४औं मिनेटमा अग्रता दिलाएका थिए । डङकास्टरका जोन-एलान म्याग्राथले १७औं मिनेटमा आत्मघाती गोल गरे । टोटाहमका ब्रेनान जोन्सले इन्जुरी टाइमको चौथो मिनेटमा तेस्रो गोल गरेका थिए ।
यसैगरी न्युकासल युनाइटेडले तेस्रो श्रेणीकै अर्को क्लब ब्राडफोर्ड सिटीलाई ४-१ ले हरायो । न्युकासलका लागि जोएलिन्टन र विलियम ओसुलाले दुई-दुई गोल गरे ।
अब चौथो चरणको ड्र समेत सार्वजनिक भइसकेको छ । जहाँ प्रिमियर लिगकै लिभरपुल र क्रिस्टल प्यालेस, आर्सनल र ब्राइटन तथा टोटनहम र न्युकासल तथा चेल्सी र वल्भ्सबीच प्रतिस्पर्धा गर्नेछ । यस बाहेक सिटीले दोस्रो श्रेणीको स्वान्सी सिटीसँग खेल्नेछ भने फुलहमले तेस्रो श्रेणीको वाएकोम्ब वन्डरर्ससँग खेल्नेछ । यस्तै व्रेक्समले कार्डिफ सिटी तथा ब्रेन्टफोर्डले ग्रिम्सबी टाउनसँग खेल्नेछ ।
प्रतिक्रिया 4