+

मेसीको दुई गोलमा इन्टर मायमी प्लेअफमा

२०८२ असोज  ९ गते ८:५१ २०८२ असोज ९ गते ८:५१
मेसीको दुई गोलमा इन्टर मायमी प्लेअफमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिओनल मेसीको दुई गोल र एक असिस्ट मद्दतमा इन्टर मायमीले न्युयोर्क सिटी एफसीलाई ४-० ले पराजित गर्दै एमएसएस प्लेअफमा स्थान पक्का गरेको छ।
  • मेसीले यस सिजन एमएलएसमा २४ गोल र १३ असिस्ट गरी कुल ३७ गोलमा संलग्न भएका छन्।
  • मायमीले २९ खेलमा १६ जित, ७ बराबरी र ६ हारबाट ५५ अंक जोडेर इस्टर्न कन्फेरेन्सको तेस्रो स्थानमा उक्लेको छ।

९ असोज, काठमाडौं । लिओनल मेसीको दुई गोल र एक असिस्ट मद्तमा मेजर सकर लिग (एमएसएस)मा इन्टर मायमीले बुधबार राती न्युयोर्क सिटी एफसीलाई ४-० ले पराजित गर्दै एमएसएसको प्लेअफमा स्थान पक्का गरेको छ ।

मेसीले यस सिजन एमएलएसमा गोल र असिस्ट गरेर ३७ गोलमा संलग्न भएका छन् । उनले यस सिजन २४ गोल गरिसकेका छन् भने १३ असिस्ट गरेका छन् ।

यस जितपछि मायामीले २९ खेलमा १६ जित ७ बराबरी र ६ हारबाट ५५ अंक जोडेर एमएसएस इस्टर्न कन्फेरेन्सको अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । ३१ खेल खेलिसकेको न्युयोर्क सिटी ५३ अंकसहित चौथो स्थानमा छ ।

यस्तै मायमीले पछिल्ला तीन खेलमा लगातार जित हात पार्दा लिगमा कूल गोल संख्या ६४ पुर्‍याएको छ ।

सिटी फिल्ड मैदानमा बाल्टासार रोड्रिगेजले ४३औं मिनेटमा मेसीको पासमा गोल गर्दै इन्टर मायमीलाई अग्रता दिलाएका थिए ।

मेसीले ७४औं मिनेटमा सर्जियो बुस्केटको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । यस्तै ८३औं मिनेटमा मायामीले पेनाल्टी पाएको थियो । तर मेसीले पेनाल्टी आफूले प्रहार नगरी टिममेट लुइस सुआरेजलाई दिए । जसमा सुअरेजले सहजै गोल गरे । त्यसको ट्टीन मिनेटपछि मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै मायामीलाई ४-० को जित दिलाए ।

न्युयोर्क सिटीले पनि गोल गर्ने दुई अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । न्युयोर्क सिटीको लगातार तीन खेलको जित यात्रामा पनि ब्रेक लागेको छ ।

मेजर सकर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय