+

राउफ र फरहानविरुद्ध बीसीसीआईले दियो आईसीसीमा उजुरी

२०८२ असोज  ९ गते ११:१२ २०८२ असोज ९ गते ११:१२
राउफ र फरहानविरुद्ध बीसीसीआईले दियो आईसीसीमा उजुरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेट बोर्डले पाकिस्तानका खेलाडी हारिस राउफ र शाहिबजादा फरहानविरुद्ध आईसीसीमा आधिकारिक उजुरी दिएको छ।
  • पाकिस्तानी क्रिकेट बोर्डले भारतका कप्तान सूर्यकुमार यादवविरुद्ध पनि उजुरी दिएको छ।
  • भारत र पाकिस्तानबीच एसिया कप सुपर फोर खेलमा तनावपूर्ण व्यवहार र राजनीतिक टिप्पणीका कारण विवाद चुलिएको छ।

९ असोज, काठमाडौं । भारत र पाकिस्तानबीच दुबईमा भएको एसिया कप सुपर फोर खेलमा देखिएका व्यवहारका कारण विवाद चुलिएको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पाकिस्तानका खेलाडी हारिस राउफ र शाहिबजादा फरहानविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा आधिकारिक उजुरी दिएको छ। उजुरी बुधबार इमेलमार्फत पठाइएको र आईसीसीले प्राप्त गरेको पुष्टि भएको छ।

फरहानले अर्धशतकपछि गरेको सेलिब्रेशन र राउफले दर्शकतर्फ गरेको इशारा विवादास्पद भएको भन्दै उजुरी परेको बताइएको छ। यदि दुवै खेलाडीले आरोप अस्वीकार गरेमा, उनीहरूलाई म्याच रेफ्री रिची रिचर्डसन अगाडि सुनुवाइमा हाजिर हुनुपर्ने हुन सक्छ।

यसैबीच, पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले पनि भारतका कप्तान सूर्यकुमार यादवविरुद्ध उजुरी दिएको खबर आएको छ। उनले सेप्टेम्बर १४ मा पाकिस्तानविरुद्धको जित ‘पहलगाम आतंकवादी आक्रमणका पीडितका परिवार र भारतीय सुरक्षाकर्मीहरूलाई’ समर्पण गरेका थिए। पाकिस्तानले यसलाई ‘राजनीतिक टिप्पणी’ भएको दाबी गरेको छ।

खेल मैदानमा पनि दुवै पक्षबीच तनाबपूर्ण दृश्य देखिएको थियो। पाकिस्तानका बलर शाहीन अफ्रिदी र राउफ तथा भारतका ओपनर अभिषेक शर्मा र शुभमन गिलबीच पटकपटक वाकयुद्धको अवस्था देखिएको थियो।

खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

-क्रिकइन्फोबाट

एसिया कप क्रिकेट पाकिस्तान क्रिकेट भारतीय क्रिकेट बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय