
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्।
- उपसभापति खड्काले सरकारले चुनावका लागि वातावरण बनाउनुपर्ने र त्यसलाई नजिकबाट हेरिरहेको बताए।
- जेनजी आन्दोलनको क्रममा भएको आगलागी र लुटपाटमा संलग्नहरूलाई पक्राउ गर्न सरकारले आदेश नदिएको खड्काले आरोप लगाए।
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनको दोस्रो दिनमा भएको लुटपाट र आगजनीमा संलग्नहरूलाई पक्राउका लागि सरकारले हालसम्म आदेश नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
‘पुलिसलाई माथिबाट आदेश आएको छैन । मैले धेरै जिल्लामा सोधें साथीहरूलाई । हामीलाई आदेश आएको छैन भनेर पुलिसको विभिन्न तहको अफिसरहरूले भनेको यहाँ कुरा आइरहेको छ,’ उनले भने ।
चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै उपसभापति खड्काले लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्न नहुने बताए ।
जेनजीको आन्दोलनपछि आगलागीबाट क्षतिग्रस्त सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग धारणा राख्ने क्रममा उपसभापति खड्काले चुनावमा भाग लिने बताए ।
वर्तमान सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै गरेको उल्लेख गर्दै खड्काले सरकारले ऐन कानुनको संशोधन प्रक्रिया कुन रूपमा अगाडि बढाउँछ त्यसलाई हेरिरहेको बताए ।
‘चुनावको वातावरण सरकारले कस्तो बनाउँछ ? कसरी हुने हो ? के हुने हो ? के भन्दा विश्वसनीय आधारलाई हामी नजिक बाट हेरिरहेका छौं,’ खड्काले भने ।
प्रतिक्रिया 4