+
+
Shares

माओवादी विघटित जस्तै भएको जनार्दन शर्माको निष्कर्ष, यस्तो छ प्रतिवेदन (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १७:११

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी केन्द्रीय समिति बैठकमा जेनजी विद्रोहपछि पार्टी विघटनको अवस्थामा पुगेको निष्कर्षसहितको प्रतिवेदन पेश गरेका छन् ।

बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले भ्रष्टाचार, नेतृत्व हस्तान्तरण र राष्ट्रियताको रक्षाजस्ता विषयमा केन्द्रित रहेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

शर्माले पार्टी केन्द्रीय कार्यालयमा भएको आगजनी र पार्टीको हेडक्वार्टर जलिरहँदा पनि कोही प्रतिवाद गर्न नसक्नुले आधारभूत वर्ग आफूसँग रिसाएको वास्तविकतालाई उजागर गरेको बताएका छन् । यसले राज्य र पार्टी दुवै विहीनताको अवस्थामा रहेको र पार्टी विघटित जस्तै भएको उनको निष्कर्ष छ ।

यस गम्भीर अवस्थाबाट पार पाउन शर्माले पार्टीमा आमूल परिवर्तनको खाँचो रहेको बताएका छन् ।

‘हाम्रो पार्टी यतिबेला विघटिन प्राय: छ । पार्टी केन्द्रीय कार्यालय आगजनी भएको छ । आन्दोलनले निम्त्याउने सम्भावित खतराबारे पूर्व आकलन गर्न नसक्नु, लाखौं पार्टी सदस्य र नेतृत्वको यति ठूलो फर्मेसन हुँदाहुँदै हाम्रो पार्टी हेडक्वार्टर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैंलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग हामीसँग रिसाएको वास्तविकता उजागर गरेको छ,’ शर्माले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

देशमा विकसित घटनाक्रम केलाएर पार्टी विघटित जस्तै भएको पाँच आधार दिएका शर्माले भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादकै कारणले देश अघि बढ्न नसकेको निष्कर्ष प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।

राजनीति दशकौंसम्म निश्चित व्यक्तिको हातमा रहिरहँदा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस सतहमा आएको उनले भनेका छन् ।

यी एजेन्डाहरू आफूले विगतदेखि नै पार्टीमा उठाउँदै आएको दाबी गर्दै उपमहासचिव शर्माले हालको विद्रोहले तिनको औचित्य स्थापित गरेको दाबी गरेका छन् ।

नयाँ सपना र क्षमता बोकेका युवा पुस्ता जेनजी समेतको चौंथो आधार बनाएर पार्टी पुनर्गठन गर्नुपर्ने एजेन्डा उनले अघि सारेका छन् ।

हरेक तहमा नेतृत्व निर्माण प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत् गरिने कुराको सुनिश्चितता हुनुपर्ने उनको मत छ ।

पार्टी पुनर्गठन प्रक्रिया अघि बढाउन जारी केन्द्रीय समिति बैठकबाट अध्यक्ष प्रचण्डसहित सबै पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने र महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्न पदाधिकारी वा स्थायी कमिटी सदस्यलाई जिम्मेवारी दिन डराउन नहुने उनले भनेका छन् ।

यस्तो छ शर्माले पेश गरेको प्रतिवेदन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?