+
+
Shares

प्रहरीलाई फूलमालाले स्वागत गर्दै हस्तान्तरण गरियो पुनर्स्थापित प्रहरी कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १७:१९

९ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफाड र आगजनीबाट क्षति भएको प्रहरी प्रभाग कोटेश्वर पुन:निर्माण गरी हस्तान्तरण गरिएको छ ।

२४ भदौको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी कार्यालय पुन:निर्माण गरेर बिहीबार हस्तान्तरण गरिएको हो ।

प्रहरी कार्यालयमा पूजा गर्दै प्रहरीलाई फूलमालाले स्वागत गरेर प्रहरी कार्यालय हस्तान्तरण गरिएको छ ।

आन्दोलनका प्रदर्शनकारीको आक्रमणबाट यही प्रभागका सहायक हवल्दार अमृत गुरुङले मृत्यु भएको थियो । दिवंगत प्रहरीलाई श्रद्धान्जली समेत अर्पण गरिएको थियो ।

अरु प्रहरीले भने भागेर ज्यान जोगाएका थिए । अहिले स्थानीय तथा विभिन्न संघ संस्था, उद्योगी व्यापारीहरूले प्रहरी कार्यालय पुनर्निर्माणदेखि सवारी साधान समेत हस्तान्तरण गरिरहेका छन्  ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?